2Shares

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका शुद्धीकरणका लागि संविधान संशोधनसम्मको मागमा केन्द्रित हुने धारणा सार्वजनिक गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बारले शुरु गरेको धर्नापछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले त्यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले न्यायालयलाई विकृति विसंगतिमुक्त बनाउन संविधान संशोधनको विकल्प अघि सारिने बताए । मौजुदा संविधानमा न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्थाले न्यायालयमा विकृति देखिएको उनको दावी छ ।

न्यायालयलाई विकृति विसंगतिमुक्त बनाउन वाध्य भई प्रधानन्यायाधीशजस्तो संस्थाको विरोधमा उत्रिनुपरेको उनको भनाइ छ ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि संविधान संशोधनसम्मको आन्दोलन अघि बढाउने धारणा राखे । उनले आफूहरुले कोही व्यक्तिविरुद्ध नभई प्रवृत्तिका विरुद्ध कानून व्यवसायी सडकमा आउनु परेको जिकिर गरे ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected