0Shares

काठमाडौं । प्रि ओपन सेनसनमा १४.७० अंकले बढेको बजार आइतबार भन्दा १७.७५ अंकले तल झरेर रोकिएको छ । अघिल्लो ६ दिनसम्म निरन्तर वृद्धि हुँदै गएको नेप्से सूचक सोमबार करेक्सन देखिएको छ।

कार्तिक ७ गते आइतबारदेखि ६ दिनसम्म २८०.५६ अंकले बढेको बजार सोमबार १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा ओर्लिएको छ । यस दिन २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम ७ अर्ब ७७ करोड ७५ लाख पुगेको छ । यो कारोबार रकम आइतबारको तुलनामा ५ करोड कम हो।

आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस दिन कारोबारमा आएका १३ उपसमुहको सूचक ३ उपसमुहको सूचक सकारात्मक देखिएको छ। बैकिङ्ग, व्यापार र लगानी उपसमुहको सूचक सकारात्मक हुँदा हाइड्रोपावर उपसमुहको सूचक सार्वधिक २.३३ प्रतिशतले घटेको छ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected