नेकपा समाजवादीका नेता राई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त, मुख्यमन्त्री र मन्त्रीहरुको सपथ हुँदै
- November 2, 2021
- 1179

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । राई संविधानको धारा १६८ (२) बमोजिम भएका हुन् ।
भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेकामा नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
मुख्यमन्त्री राईसहित ६ मन्त्रीको अहिले केहीबेरमा सपथ हुँदै छ । समाचार स्रोतका अनुसार मुख्यमन्त्री, चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी छ ।
मुख्यमन्त्री राजेन्द्र राई, नेपाली कांग्रेसबाट २ जना, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट १/१ जना गरी ६ जनाले सपथ लिने एक नेताले बताए ।
काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री बन्ने टुंगो लागेको छ ।
त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बन्ने तयारी छ ।








सम्बन्धित खवर
















