2Shares

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलमा चार देशले प्रतिस्पर्धा गर्दैछन् ।

सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्ने छन् ।

अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि शनिबारको खेल जित्नै पर्नेछ ।

त्यसैगरी बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected