25Shares
पोखरा, २० कात्तिक
पोखरा भ्यूज । पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । कोभिड–१९ को कारण दुई बर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौं संस्करणको रुपमा पुनः निरन्तरता पाएको हो ।
पोखराको लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका थिए । तिहारको अन्तिम दिन भाइटिकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रबद्र्धनमा सघाउने उद्धेश्यले भाइटिका कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुबेदीले जानकारी सुनाए ।

कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवमा टिका ग्रहण गर्न कतिपय विदेशी नागरिक दोहोर्याएर समेत सहभागी भएको उनले बताए ।
विदेशी नागरिकलाई टिका लगाइदिएपछि उनीहरुलाई सयपत्री पूmलको माला, टोपी र सेलरोटी लगायतका परिकार छात्राहरुले पस्किएका थिए । सो अवसरमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रम सुरु गर्दै संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटिकाको महत्वबारे विदेशी नागरिकलाई जानकारी गराएका थिए ।

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर