अमेरिकाको एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा भागदौड हुँदा कम्तीमा ८ जनाको मृत्यु
- November 6, 2021
- 2871
फोटोः एजेन्सी

0Shares
एजेन्सी । अमेरिकाको टेक्सासस्थित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा भागदौड हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । करिब ३०० जना घाइते भएका छन् । गत राति ९ बजे यस्तो घटना भएको बताइएको छ । कन्सर्टमा र्यापर ट्रेविस स्कर्टको प्रस्तुती भइरहँदा भागदौड मच्चिएको हो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त कन्सर्ट हेर्न करिब ५० हजार मानिस भेला भएका थिए। यसबीचमा एउटा भीड स्टेजमै उक्लिन लाग्दा त्यहाँ झगडा उत्पन्न भएको थियो । झगडापछि केही मानिस भाग्न थालेपछि घटनाले ठूलो रुप लिएको हो ।
घटनापछि २३ जनालाई अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । ह्युस्टन प्रहरीका अनुसार घटनास्थलको भिडियो फुटेज हेरेपछि घटनाको कारण पत्ता लगाइएको छ । र यसबारे थप छानबिन गर्ने बताइएको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















