0Shares

एजेन्सी । आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ ।

यूएईको आबुधाबीमा वेस्ट इन्डिजले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले २२ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका लागि डेविड वार्नरले नटआउट ८९ र मिचेल मार्सले ५३ रन बनाए । वेस्ट इन्डिजका लागि अकेल हुसेन र क्रिस गेलले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर एक सय ५७ रन बनायो । वेस्ट इन्डिजका लागि कायरन पोलार्डले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जोस हजलउडले चार विकेट लिए ।

आजको जितसँगै अस्ट्रेलियाको आठ अङ्क भएको छ र सेमिफाइनल नजिकै पुगेको छ । यो समूहबाट इङ्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ । अब दक्षिण अफ्रिकालाई सेमिफाइलनमा पुग्न अहिले इङ्ल्यान्डलाई केही फराकिलो अन्तरले हराउनुपर्नेछ । इङ्ल्यान्डलाई हराएपछि दक्षिण अफ्रिकाको पनि समान आठ अङ्क हुनेछ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected