
पोखरा भ्यूज
काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ)का तीन जना उपरीक्षक (एसपी) हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमितता गरेको आशंकामा अनुसन्धान गर्न उनीहरुलाई हेडक्वाटर तानिएको प्रहरी उच्च स्रोतले बताएको छ ।
सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई अनियमितता आरोप लागेको छ । तीनैजना एसपी सशस्त्रका सिसं २ का ब्याची हुन् ।
बारा र पर्साका केही बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको छ । यसअघि सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएर अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो ।
सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले तीन जना गणपतिलाई हेडक्वाटरमा बोलाएर अनुसन्धान थालेको हो । हेडक्वाटर तानिएका अधिकृतमाथि विस्तृतरुपमा अनुसन्धान हुने र कसुर देखिए कानुनबमोजिम कारबाही गरिने सशस्त्र प्रहरी स्रोतले बतायो ।







सम्बन्धित खवर















