
पोखरा भ्यूज
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) माओवादी नेतृत्वमा गठन हुने सरकारमा सहभागी नहुने भएको छ । एमालेसहितका दलहरुको समर्थनमा प्रचण्डको नेतृत्वमा सरकार बन्ने भएपछि समाजवादीले सरकारमा नजाने निर्णय गरेको हो ।
प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो । पछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।











