२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
विदेश

ब्राजिलका वामपन्थी नेता लुलाले राष्ट्रपतिको लिए सपथ, भावुक बने

एजेन्सी
१८ पुस, रियो दि जेनेरियो। ब्राजिलका वामपन्थी नेता लुला डि सिल्भाले राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन् । तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका उनी दिग्गज वामपन्थी नेताको रुपमा चिनिन्छन् ।

यसअघि उनी सन् २००३ देखि २०१० को बीचमा पनि राष्ट्रपति बनेका थिए । लुला भ्रष्टाचारको आरोपमा जेलसमेत परेका थिए । सन् २०२१ मा उनको सजाय खारेज गरिएको थियो ।गत वर्षको अक्टुबर महिनाको निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोलसोनारोलाई हराएर लुला पुनः सत्तामा फर्किएका थिए । राष्ट्रपति लुलाले देशको पुनर्निर्माणमा ध्यान दिने भन्दै शपथ ग्रहण गरेको बीबीसीले जनाएको छ । सत्ता हस्तान्तरण समारोहमा भने बोल्सोनारो सहभागी भएनन् । उनी गत शुक्रबारै अमेरिका गएका थिए ।

लामो समयसम्म सत्ता बाहिर रहेका लुला शपथ ग्रहण समारोहमा भावुक देखिएका थिए । उनले देशको अवस्था खराब हुनुमा अघिल्लो सरकारको गलत नीति जिम्मेवार भएको बताए ।उनको शपथ ग्रहण समारोहमा उल्लेख्य संख्यामा समर्थकहरुको सहभागिता थियो । समारोहलाई भव्य बनाउन ६० भन्दा धेरै कलाकारहरुले प्रस्तुती दिएका थिए । दुई ठूला मञ्चहरु विशेष रुपमा सजाइएको थियो ।

सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । शपथ ग्रहण समारोहलाई बोल्सोनारो समर्थकहरुले विथोल्न सक्ने आशंका कारण प्रहरीले विशेष सुरक्षा प्रवन्ध मिलाएको बीबीसीले जनाएको छ । उनको स्वागत समारोहमा चक्कु र पटाकासहित घुस्न खोजेको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै राजधानी ब्राजिलियाको विमानस्थल नजिक इन्धन बोकेको ट्यांकरमा विष्फोटक पदार्थ फेला परेको थियो ।

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…