0Shares

पोखरा भ्यूज
१८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीदाहाले संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

नेपालको संविधान २०७२ को धारा ७६ (२ं बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाको विश्वास लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका छन् । मन्त्रीपरिषद् विस्तार हुँदा मौजुदा मन्त्रालय फुटालेर २५ वटा मन्त्रालय बनाउने प्रधानमन्त्रीको तयारी रहेको समाचार स्रोतले बताएको छ । पुस १२ गते पृथ्वी जयन्यतीमा सार्वजनिक बिदा भएका राप्रपामा समेत उप्रधानमन्त्री लिएर प्रचण्ड सरकारमा सामेल हुनेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected