
पोखरा भ्यूज
२६ पुस, काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ ५ गते चुनाव तयारी गरिएको । संघीय संसद सचिवालयले माघ ३ गते सभामुख चयनका लागि सूचना सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।
प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ । संविधान अनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ ।











