
पोखरा भ्यूज
२६ पौष, काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारवाही गरेको छ । न्यौपाने आफैं सञ्चालक रहेको कम्पनीको अनाधिकृत रुपमा सेयर बिक्री गरेपछि बोर्डले उनलाई नगद जरिबानासहित १० वर्ष कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक हुन नपाउने गरी कारबाही गरेको हो ।
२४ पुसमा बसको बोर्ड सञ्चालक समितिको बैंठकले कम्पनीका अध्यक्ष न्यौपानेलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेकोले धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) बमोजिम ७५ हजार रूपैयाँ जरिबाना गरिएको बोर्डले जनाएको छ । यस्तै बोर्डका अनुसार धितोपत्र सम्बन्धी ऐनको दफा १०८ अनुसार १० वर्षसम्म उनी कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन पाउने छैनन् ।
उनले रिडी पावरका अध्यक्ष रहँदा १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए । सो विषयमा बोर्ड विभागीय अध्यन गराएर ६ पुस २०७८ मै कारबाही सिफारिस गरिएको थियो ।











