
0Shares
पोखरा भ्यूज
२६ पौष, काठमाडौँ । खराब मौसमका कारण मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार हुने भनिएका ६१ वटा उडान रद्द भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारका लागि १ सय १९ वटा उडान तालिकामाध्ये ६१ वडा उडान रद्द भएको विमानस्थल स्रोतले बताएको छ । तीमध्ये सबैभन्दा धेरै बुद्ध एयरका ३३, यति एयरलाइन्सका १४, श्री एयरका १०, सौर्यका ३, गुण एयरको एउटा गरी ६१ उडान रद्द गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
खराब मौसमका कारण मंगलबार साँझ ७ बजेसम्म भैरहवा, विराटनगर, सिमरा, जनकपुर, धनगडी, भद्रपुर, राजविराज, नेपालगन्जका उडान रद्द भएका थिए । बिहान ६ देखि साँझ ७ बजेसम्मको तालिका अनुसार सिमरा, भैरहवा र विराटनगरमा उडान हुनै सकेन ।
0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।









