0Shares

पोखरा भ्यूज
१ माघ, पोखरा । पोखराको सेती खोंचमा आइतबार बिहान भएको यति एयरको विमान दुर्घटनामा परी ज्याने गुमाउने यात्रुहरुको शव पहिचान गर्ने प्रक्रिया सुरु गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । दिउँसो ४.१५ बजेसम्म एक बच्चासहित ६४ जनाको शव अस्पताल लगिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार तथा समन्वय केन्द्रले भने ६८ शव दुर्घटनास्थलबाट निकालिएको बताएको छ । अन्य यात्रुको खोजी जारी छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शव पहिचान प्रक्रिया सुरु गरे लगत्तै दिवंगत यात्रुका परिवारजन प्रतिष्ठान परिसर पुगेका छन् । अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकका शोकाकूल आफन्त र शुभेच्छुकहरुको ठूलो भीड लागेको छ । यद्यपि अधिकाँश शवहरु पहिचान गर्न नसकिने अवस्थामा रहेक छन् । विमानमा चालक दलकासहित ७२ जना सवार थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected