
0Shares
पोखरा भ्यूज
२ माघ, पोखरा । आइतबार पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त यती एयरलाइन्स विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।
हिजोदेखि उद्दारमा खटिएको टोली आज विहान मात्र विमानको ब्ल्याक बक्स फेला पारेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले जानकारी दिए ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ पनि हुन्छ ।
ब्ल्याक बक्स नेपाली सेनालाई जिम्मा लगाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको स्रोतले बतायो ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















