
पोखरा । पोखरा २५ हेमजा स्थित बाबियातारामा मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने भएको छ । निर्माणाधिन अवस्थामा रहेको भवननिर्माणका लागि रकमअभाव भएपछि महायज्ञ गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको हो ।
मानव सेवाआश्रमको भवननिर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथमानवसेवाआश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवाआश्रमका परिकल्पनाकार रामजीअधिकारीले बताए ।
असहाय र अशक्तहरुको सेवामानमूनाकामगर्दै आएको आश्रमकोभवननिर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ २०७९ गर्न लागिएको हो ।
महायज्ञमा कमलनयनगौतमले कथावाचन गर्ने छन् ।महायज्ञमा नियमित रुपमाबिहान७ बजेदेखि पूजाएवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसादग्रहण तथा७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीनभजन प्रस्तुतहुनेछ । महायज्ञ अन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीपप्रज्ज्वलनगरिनेआयोजकले जानकारी गराएको छ ।
मानव सेवाआश्रमले अहिलेसम्म सहयोगीदाताहरुको सहयोगबाट नै खर्च व्यवस्थापन गरिरहेको छ । मानवसेवा आश्रम विगत १ दशकदेखि सामान्यअभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवको मानवोचितव्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाकालागि सेवागर्दै आएको संस्थाहो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचानभएमापुनःमिलनसमेत गराउँदै आएको छ ।
हाल आश्रमले मुलुकभरबाट झण्डै आठ हजार सडक आश्रित मानवको उद्दार गरिसकेको छ । त्यसमध्ये एक हजारलाई पुन परिवारमा मिलन गराउन सफल भएको छ । पोखरा आश्रमले मात्र एक हजार जनाको उद्दार गरिसकेको जानकारी मानव सेवाआश्रमले गराएको छ । छोरेपाटन स्थित सेवा केन्द्र र हेमजा स्थित सेवा केन्द्रमा १६३ जना सडकआश्रित मानवहरु छन् ।
मानव सेवाआश्रमको भवननिर्माणमा हालसम्म ५ करोड खर्च भइसकेको र अब ४ करोड लाग्ने अनुमानगरिएको छ । हालसम्मपहिलो तल्लाको निर्माण पुराहुने चरणमा छ । अब भोजनका लागि डाईनिङ हल, स्टोर, भवनको दोस्रो, तेस्रो तल्लाको निर्माण, लिफ्ट, आँगन, कम्पाउन्ड, मेडिकल, थेरापिकक्ष निर्माण हुन बाँकी छ ।







सम्बन्धित खवर















