
पोखरा भ्यूज
१६ माघ, जनकपुरधाम । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाटै ६ जना अभियुक्तहरु फरार भएका छन् । राति हिरासत तोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।
डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार ६ जना अभियुक्तमध्ये दुई जना हातहतियार तथा खरखजना, दुई जना लागूऔषधसहित ६ जना प्रहरी हिरासतमा थिए । हिरासतमा ७ जना थिए ।
फरार अभियुक्तहरुको खोजी कार्यजारी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरीको भवन पुरानो छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको अनुमान छ । प्रहरी डिउटीमै रहेको अवस्थमा भएको घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।











