२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

सिटिइभिटीद्वारा प्राविधिक शिक्षा एवम् तालिमको वर्तमान अवस्था र भावि कार्य दिशा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

तनहुँ, १६ माघ । गण्डकी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको अवस्था एवम् भावि कार्य दिशा बारे दुई दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आइतबारदेखि दमौलीमा सुरु भएको छ ।

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको आयोजना तथा प्राविधिक  शिक्षा तथा व्यावसायिक  तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशको समन्वयमा  “राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तथा प्राविधिक शिक्षा एवम् तालिमको वर्तमान अवस्था र भावि कार्य दिशा” सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका प्राविधिक शिक्षालयका प्रमुख, पालिकाका शिक्षा शाखाका प्रमुख एवम् प्रतिनिधि तथा प्राविधिक धारका शिक्षा सञ्चालन भइरहेका शिक्षालयका सरोकारवालाहरुको सहभागीता रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षा मन्त्रालय अन्तर्गतका निकाय र सिटिइभिटी मार्फत प्राविधिक धारमा उत्पादन हुने जनशक्ति र लगानीमा एकरुपता कायम हुनुपर्ने बताए ।

एउटै प्रकृतिका कार्यक्रम दुइ निकायबाट सञ्चालन हुदाँ विद्यार्थीहरुमा अन्यौलता सिर्जना भएको बताउदै उनले सीपको मागलाई व्यवस्थापन गर्न कार्यक्रम समायोजन गरी अगाडि बढनुपर्नेमा जोड दिए । बजारमा प्राविधिक शिक्षाको माग बढ्दो भए पनि व्यवस्थापकीय पक्ष कमजोर हुदाँ समस्या उत्पन्न भइरहेको उनको भनाइ थियो । साथै प्राविधिक धारका विषय सञ्चालन गरीरहेका विद्यालयका समस्या समाधानका लागि नगरपालिकाले पनि सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावासयिक तालिम सञ्चालनको अवस्था, सञ्चालित कार्यक्रम र आवश्यकताबीचको कमी कमजोरी न्युनिकरण बारे छलफल गर्ने उद्देश्यले दुइ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको सिटीइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए । साथै संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्रममा एकरुपता ल्याउन तथा पालिकाहरुको आवश्यकता अनुसारको प्राविधिक शिक्षा लागु गर्ने बारे पनि कार्यक्रममा छलफल हुने बताइएको छ ।

कार्यक्रममा पालिकाहरुमा सीपयुक्त जनशक्तिका आवश्यकता , प्राविधिक शिक्षाको महत्व, सम्भावनालाई विद्यार्थी सम्म पुयाउन गर्नुपर्ने आवश्यक कार्यक्रम,  राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपका व्यवस्था, प्राविधिक तथा व्यावसायिक शिक्षाका समस्या समाधानका लागी तीनै तहका सरकारको भूमिका र मन्त्रालयले लागु गर्नुपर्ने नीति तथा कार्यक्रम बारे व्यापक छलफल गरिने आचार्यले बताए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सहसचिव तोयानाथ लम्सालले सिकाइ उपलब्धी मापनयोग्य मापदण्डको आधार तयार गर्न, औपचारिक र अनौपचारिक पद्धतीबाट हासिल गरेका ज्ञान, सीपलाई परिक्षण तथा प्रमाणित गर्न  र विद्यार्थीले आर्जन गरेको शिक्षालाई राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता दिलाउन व्यावसायिक योग्यता प्रारुपको अवधारणा तयार गरी नेपाल सरकारबाट स्वीकृत गरी लागु हुने चरणमा रहेको बताए ।

प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा, शिक्षा तथा मानव स्रोेत विकास केन्द्र र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आ आफ्नै ढंगले काम गर्दै आएको भएपनि त्यसबाट अपेक्षित नतिजा आउन नसकेकाले यसबारे उचित समिक्षा हुनुपर्ने लम्सालको भनाइ थियो ।

कार्यक्रममको पहिलो दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षाका सम्बन्धमा संवैधानिक व्यवस्था, आवधिक योजना, शिक्षाको तह र जनशक्तिको बिकासको अवस्था,  सिटीइभिटी तर्फका शैक्षिक कार्यक्रमका संरचना, नेपालको शिक्षा प्रणाली, सीप परिक्षण र प्रमाणीकरण लगायतका बारेमा प्रस्तुती राखेका थिए ।

कार्यक्रम अवधिमा भर्ना क्षमता र भर्ना संख्याको अवस्था, प्राविधिक शिक्षाप्रति विद्यार्थीको  आकर्षण घट्नु, बीचमा कक्षा छाडने दर उच्च हुनु र उत्तिर्ण दर कमजोर हुनुका कारण, रोजगारीको अवस्था सन्तोषजनक नहुनु, पाठ्यक्रमको ढाँचा, परीक्षा सञ्चालन र व्यवस्थापनमा सरोकारवालाहरुसँगको समन्वय र सहकार्य लगायतका विषयमा छलफल गरिने र छलफलबाट प्राप्त निष्कर्षलाई व्यवहारिक रुपमा कार्यावन्यन गरिने आयोजकले जानकारी दिएको छ ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…