२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्छ: उपप्रमुख गुरुङ

१६ माघ, पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरपालिकाको समग्र विकास हुनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ ले सोमबार आयोजना गरेको महिलाको सशक्तिकरण एवं क्षमता अभिबृद्धि कार्यक्रमको उद्घाटन गदै महानगरभित्र भौतिक पूर्वाधारसंगै मानवीय र सामाजिक विकास हुनुपर्नेमा जोड दिनुभयो । “सडक, पुल, भवन निर्माण मात्रै हैन महिला, ज्येष्ठ नागरिक, बालबालिका लगायत सामाजिक क्षेत्रको विकास पनि अनिवार्य छ ।”

उपप्रमुख गुरुङले महिलाहरु राजनीतिक, सामाजिक, व्यवसायीक लगायत सबै क्षेत्रमा स्थापित हुनुपर्ने बताउनुभयो । नेपालमा भएका अधिकार प्राप्तिका आन्दोलनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै उहाँले तीनै आन्दोलनबाट संविधानमा महिलाका धेरै अधिकार लेखिएको बताउनुभयो । संविधानमा धेरै अधिकारहरु लेखिएका छन् उहाँले भन्नुभयो,“संविधानमा के के अधिकारहरु लेखिएका छन भन्ने विषयमा जानकारी पाउनुपर्छ ।आफना अधिकारका विषयमा जानकारी भएपछि मात्रै राजनीतिक र सामाजिक रुपमा स्थापित हुन सहज हुन्छ ।”

महिलाहरु सामाजिक, राजनीतिक, व्यवसायीक शैक्षिक रुपमा स्थापित गराउने कुरा भाषण र नाराले मात्रै नहुने बताउदै कार्ययोजना, प्रशिक्षण र क्षमता अभिबृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उपप्रमुख गुरुङले महिलाहरु सबल र सक्षम हुन आर्थिक रुपमा बलियो हुनुपर्ने र त्यसका लागि आर्यआर्जनसंग जोडिनुपर्ने बताउनुभयो । महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बताउन महानगरले उपप्रमुसंग महिला कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । आर्थिक अभावमा केही गर्छु भन्ने महिलाहरुका लागि सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले महिला हिंसा न्यूनिकरण गर्न महिला पुरुष समसचेतना कार्यक्रम र महिला सहायता कक्ष सञ्चालन गरिरहेको बताउनुभयो ।

काय्र्रक्रममा पोखरा १५ का वडाअध्यक्ष तोरणबहादुर बानियाँले पूर्वाधार विकाससंगै मानवीय विकास हुनुपर्नेमा जोड दिदै महिला उद्यम योजना आवश्यक रहेको बताउनुभयो । तीनदिन सम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रम वडा नम्वर १५ का सदस्य एवं महानगर कार्यपालिका सदस्य मन्दिरा गौतमको अध्यक्षतामा भएको थियो । तालिममा पत्रकार सुष्मा पौडेल र हसिना बस्नेतले सहजिकरण गर्ने बताइएको छ ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…