
पोखरा भ्यूज
२२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई कायम राख्ने दावी गरेका छन् । नागरिकता विवादसम्बन्धी मुद्दामा सवोच्च अदालतको फैसलाबाट सासंद पद समेत गुमाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रधानमन्त्रीको यस्तो भनाई आएको हो ।
आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय सहमतिका सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनेपर्ने आवश्कता औंल्याए । उनले त्यसबारेमा रवि लामिछानेसँग भेटर सल्लाह गर्ने जानकारी दिए । यद्यपि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे पनि समर्थन फिर्ता भने फिर्ता लिएको छैन ।











