42Shares

पोखरा । लायन्स क्लब अन्तरराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो फागुन २७ गते पोखरामा हुने भएको

यसैबीच सोमबार महाधिबेशन सचिवालयको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेलद्वारा उद्घाटन भएको सचिवालय समुद्घाटन सँगसँगै क्लव अध्यक्ष एवं क्याबिनेट अफिसरहरुको भेला पनि सम्पन्न भएको

लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजना पोखरा स्थित डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका सबै क्लबको सहयोगमा प्रथम अधिवेशन हुन लागेको हो

महाधिवेशन तयारीका लागि यस अघि नै लायन्स क्लब अफ पोखरा डल्फिनका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट कोअर्डीनेटर ऋषि गिरी कन्भेनर रहेको पाँच सदस्यीय समिति गठन गरिएको थियो  यसलाई सघाउन २० वटा विभिन्न उपसमिति पनि निर्माण गरिएको थियो

महाधिवेशनबाट लायन्स वर्ष २०२३/२४ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिष्ट्रिक्टका पदाधिकारीको चयन हुनेछ

पोखरा सभागृहमा सम्पन्न हुने महाधिवेशनमा काठमाडौं लगाएतका ११ जिल्लाका सबै लायन्स क्लब र लियो क्लबबाट करिव हजार बढ़ीको सहभागीता रहने आयोजक क्लबको दावी

डिष्ट्रिक्ट ३२५ आई नेपाल लायन्स क्लब इन्टरनेशनलबाट अवार्डेड डिष्ट्रिक्ट रहेको सबैको विश्वास जितेको डिष्ट्रिक्ट भएकोले पनि सो सम्मेलनलाई भव्य बनाउने तयारी रहेको डिष्ट्रिक़्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिए

सचिवालय उद्घाटन कार्यक्रममा द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, क्याबिनेट सेक्रेटरी हरिराज पन्त, क्याबिनेट ट्रेजरर सुर्य नारायण बराल, डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर  शैलेन्द्र मोहन भट्टराईलगाएत क्लव अध्यक्ष एवं क्याबिनेट अफिसरहरुको बाक्लो उपस्थिती रहेको थियो

42Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected