२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
विदेश

टर्की भूकम्पमा मृत्यु हुनेको संख्य ३५ सय नाघ्यो

जेन्सी
२४ माघ, टर्की । टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पमा परी हजारौंको संख्यामा घाइते भएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टामै दिउँसो गोजियन्तेप क्षेत्रमा अर्को शक्तिशाली भूकम्प गएको थियो ।

टर्कीको विपत् एजेन्सीका अनुसार भूकम्पका कारण टर्कीमा मात्रै २९ सयभन्दा बढीको मृत्यु भएको जनाएको छ । यद्यपि त्यसबीचमा सयौं परकम्प गएका थिए । सोमबार बिहानको भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको थियो । उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । सीएनएनका अनुसार सिरिया र टर्कीमा मृत्यु हुनेको संख्या २३ नाघिसकेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशील क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

यसैबीच टर्कीको भूकम्पमा परी घानाका फुटबलर क्रिस्चियन अत्सु बेपत्ता भएका छन् । घानाको राष्ट्रिय टोलीका खेलाडी क्रिस्चियन अत्सु सोमबार टर्कीमा गएको भूकम्पमा परी बेपत्ता भएका हुन् । ३१ वर्षीय खेलाडी क्रिस्चियन पाँच वर्षसम्म न्यु क्यासलबाट खेलेका थिए । भूकम्पमा परी बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…