२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
देश

सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त

पोखरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । प्रदेश सभामा आफ्नो नेतृत्वको सरकारमाथि विश्वासका मत माग्न राखेको प्रस्ताव सदनको बहुमतले अस्विकृत गरेपछि उनको एक महिने कार्यकाल समाप्त भएको छ।

बिहिबार अपरान्ह बसेको प्रदेश सभा बैठकमा एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री रावलले प्रदेश सरकारको पक्षमा विश्वासको मत माग्दै पेश गरेको प्रस्तावलाई प्रदेश सभामुखले निर्णयार्थ पेश गर्दा ध्वनी मतले अस्विकृत गरेको थियो।

रावलको प्रस्तावको पक्षमा परेको मत भन्दा विपक्षमा परेको मत बढी भएको भन्दै प्रदेश सभामुखले रावलको विश्वासको मत माग्ने प्रस्ताव सदनको बहुमतले अस्विकृत भएको भन्दै निर्णय सुनाए।

सामान्यतय संसदीय अभ्यासमा मत विभाजनको प्रक्रियाबाट बहुमत र अल्पमतको गणना हुने भएपनि आजको बैठकमा ध्वनिमतकै आधारमा रावलको प्रस्ताव अस्किृत भएपछि उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम बनेको गठबन्धन सरकार ढलेपछि अब प्रदेश प्रमुखले सोही धाराको उपधारा ३ बमोजिम प्रदेश सभामा सबै भन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कोमल शाहलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु पर्नेछ।

शाहले पनि पद बहाली गरेको एक महिना अर्थात ३० दिनभित्र विश्वासको मत हाँसिल गर्न नसके प्रदेश प्रमुखले उपधारा ५ बमोजिम विश्वासको मत प्राप्त गर्न सक्ने सदस्यको नेतृत्वमा सरकार बनाउने छन्।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…