0Shares

पोखरा, फागुन ३ । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा उतार्नको लागि आग्रह गर्नुभएको छ । उहाँले तालिममा सहभागी सम्पूणर्लाई सक्रिय सहभागिता जनाउनका लागि आग्रह गनुभयो ।

वडा सदस्य तथा कार्यक्रम संयोजक बसुन्धरा लामिछानेले वडामा रहेका सामाजिक सस्थाले अत्यन्तै प्रभावकारी कार्यक्रम गरिरहेको तर गरेका गतिविधिलाई सम्वन्धित ठाउँमा पुगेर राख्न नसकेको हुँदा यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । कार्यक्रमको संचालन वडा सदस्य विष्णुमणि बरालले गर्नुभएको थियो ।

तालिमको सहजीकरण रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी र पत्रकार शुस्मा पौडेलले गर्नुभएको थियो । तालिममा वडामा सामाजिक क्षेत्रमा क्रियाशिल सस्थाहरुका ५१ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected