
पोखरा भ्यूज
१५ फागुन, काठमाडौं । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थन पनि फिर्ता लिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
गत पुस १० को सहमति तोडेर राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपछि एमालले सरकारबाट बाहिरिएको हो । यद्यपि प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले झनै रुष्ट भएको थियो ।
सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको हो ।
तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो । तर उक्त निर्णय परराष्ट्रमन्त्रीको जेनभा भ्रमण रोकिएको प्रसंगले उक्त निर्णय राष्ट्रपति निर्वाचनसम्म पनि टिक्न नसकेको हो ।
यसअघि राप्रपाबाट पनि सरबारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।







सम्बन्धित खवर















