२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

स्वरुप बदल्दै (खुँडेपोखरी) ठूलीपोखरी

पोखरा । लेखनाथसमेत गाभिएपछि पोखरा महानगरमा ९ वटा ताल छन् । यी ठूला तालका अलावा थप पोखरीसमेत छन् । केही पोखरी भने बेवास्ता र मानवीय अतिक्रमणले लोप हुने खतरामा छन् । यसै गरी बेवास्तामा परेको पोखरा ५ धारापानी मार्गको खुँडेपोखरीले गएको फागुन ८ गते एकाएक सबैको ध्यान खिच्यो ।

पोखरीमा ४ वर्षका बालक सुहान केसी क्षेत्रीको डुबेर ज्यान गयो । यो घटनापछि पोखरी संरक्षण, तारबार र सौन्दर्यकरण थालिएको छ । स्थानीय र सरोकारवालाले पोखरीको नामै फेरेर ठूलीपोखरी राखेका छन् । फोहोर र जलकुम्भीले भरिएको पोखरी शनिबार सरसफाइ गरियो । ठूलीपोखरी ताल संरक्षण तथा उपभोक्ता समितिको अगुवाइमा पोखरीबाट जलकुम्भी निकालेर छेउमा राखिएको छ भने नकुहिने प्रकृतिका फोहोर ल्याडफिल साइट पठाइएको छ ।

सरसफाइ अभियान, वडा कार्यालय र महानगरको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली र सर्वसाधारणले पोखरी सरसफाइ गरेका हुन् । दशकौंदेखि थुप्रिएको फोहोर र जलकुम्भी सर्वसाधारणले सजिलै निकाल्न नसक्ने भएकाले तालिम प्राप्त सुरक्षा निकायको जनशक्तिले डुंगाको प्रयाग गरी फोहोर संकलन गरेको थियो । कार्यक्रमका लागि वातावरण संरक्षणका लागि महाअभियानले विशेष सहयोग गरेको छ ।

शनिबार बिहान करिब ५ घन्टा ठूलो जनशक्तिले पोखरीको आधा जति फोहोर निकालेको ठूलीपोखरी ताल संरक्षण तथा उपभोक्ता समिति अध्यक्ष अञ्जु केसीले बताइन् । उनले भनिन्, ‘सरोकारवाला, स्थानीय सरकार, सुरक्षा निकाय मिलेर शनिबार आधा जति भाग सफा गरेका छौं । अब ११ गतेको दोस्रो चरणको सरसफाइपछि पोखरी प्राकृतिक स्वरुप फर्किन्छ ।’

वडा कार्यालय र स्थानीयको पहलमा भएको भेलाले २ साताअघि निवर्तमान जनप्रतिनिधि अञ्जु केसीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । सुहानको मृत्यु भएपछि पोखरा महानगरका मेयर धनराज आचार्यले घटनास्थल पुगेर तत्काल पोखरीलाई जोखिम मुक्त बनाउने प्रतिवद्धता गरेका थिए । अहिले पोखरा महानगरले पोखरा तारबार गर्न १० लाख बजेट दिएको छ ।

फेरि कुनै दुर्घटना नहोस् भनी तत्काललाई पोखरीवरपर तरबार लगाउने तयारी छ । अध्यक्ष केसीले तत्कालको जोखिम हटाएपछि योजनावद्ध रुपले काम गर्ने सुनाइन् । ‘यसको दीर्घकालीन उपयोग र सौन्दर्यकरणका लागि डिपिआर तयार गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना छ । तारबारसँगसँगै पोखरीको सीमाकांन सकिन्छ । त्यसपछि योजना बनाएर सानै किन नहोस्, सुन्दर पोखरी, वरिपरि सौन्दर्यकरण गर्दै पर्यटकीय स्थल बनाउनुपर्ने स्थानीयको मत छ ।’

पोखरा ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले हालै भएको मानवीय क्षतिले आफूहरुलाई सचेत गराएको जनाए । उनले तत्काललाई जोखिम रोक्ने गरी काम गर्ने र २/३ वर्षमा पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सुनाए ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…