
पोखरा भ्यूज
१३ जेठ, काठमाडौं । अन्ततः पशुपतिको जलहरी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षी एमालेबीचको विवादमा सहमति जुटेपछि संसदको कार्यसूची अघि बढ्ने भएको छ ।
प्रतिनिधि सभामा जलहरीको विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाइने भएपछि सहमति भएपछि एमालले संसद अवरुद्ध नगर्ने भएको हो ।
प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको दलका शीर्ष नेताहरूबीच भएको बैठकमा रेकर्डबाट हटाउने सहमति भएको थियो।
दलीय सहमति बमोजिम सांसद दाहालको अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले नै संसदमा प्रष्ट्याउने बताइएको छ ।
संसद बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।











