0Shares

पोखरा  नेपाल चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँपर्यटक बढाउने उद्देश्यले पोखरामा पहिलोपटकनेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभलहुने भएको

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पर्यटकीयसहर पोखरामा बोट रेसको आयोजना गरिएको हो आगामी असार गते सञ्चालन हुने फेस्टिभलकालागि यहाँ तयारी सुरू गरिएको फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल हुँदैछ

पोखरा पर्यटन परिषद् चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमारहेका छन् फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठवटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए 

उनका अनुसार चिनियाँ चार नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता हुनेछ दौड पाँच सय र एक हजार मिटरको हुनेछ सो फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता रहने बताइन्छ । परिषद्का अध्यक्ष श्रेष्ठले कार्यक्रमबाट पोखराको प्रवर्द्धनमा महत्वपूर्ण हुने बताए  उनले भने, “पोखरा चिनियाँ पाहुनाको रोजाइको गन्तव्य भएको हो फेवातालमा फेस्टिभल आयोजना गर्दा त्यसलेभविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्दछ

फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने अध्यक्ष श्रेष्ठले बताए । नेपालचाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागिताका लागि ६० जना खेलाडीसहित दुई सय ६० जना विमान चार्टर्ड गरेर पोखरा आउने छन्

गत पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो चिनियाँ टोली उत्रनेछ सोहीकार्यक्रमका लागि दुईवटा चार्टर्ड विमान चीनबाट पोखरा आउने तयारी फेस्टिभलका लागि रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected