2Shares

पोखरा । ग्लोबल कलिजियट स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।पोखरा-१२, रानीपौवास्थित सो बिधालयले शनिवार आयोजना गरेको स्वागत कार्यक्रममा विद्यार्थीहरूले नृत्यसहित विभिन्न रचनात्मक प्रस्तुति दिएका थिए ।

कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई अबिर, माला, खादासहित स्वागत गरेका हुन् । विद्यालयका प्राचार्य बाबुराम पन्तले आफ्नो देश बनाउन नसकेर विदेश जाने नभई देश निर्माणका लागि जिम्मेवारी वहन गर्न सक्ने जनशक्ति आजको आवश्यकता रहेको बताए ।

विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्माले अहिलेसम्म विद्यालयले विभिन्न विषयमा अनुसन्धान तह पूरा गर्ने थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै नव आगन्तुक विद्यार्थीलाई तिनै दाइदिदीका पदचाप पछ्याएर अघि बढ्न अनुरोध गरेका थिए।

सो अवसरमा विद्यालय निर्देशक नन्दलाल त्रिपाठी, उपप्राचार्य पद्मराज ढकाल, विद्यालयका पूर्व संयोजक सहप्राध्यापक डाक्टर नगेन्द्र भण्डारीले आ-आफ्ना भनाई राखेका थिए ।

कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा व्यवस्थापन र विज्ञान समूहमा ४८० विद्यार्थी अध्ययनरत छन् । ‘सिक्न आउनुहोस्, सेवा गर्न जानुहोस्’ (कम टु लर्न, गो टु सर्भ) को मूल नारामा अघि बढेको विद्यालयले क्रियाकलाप तथा परियोजनामा आधारित विधिमा शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको छ ।

विद्यालयमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो । विद्यालयका प्राचार्य बाबुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक नेपाल प्रकाश अधिकारीले गरेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected