२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

पोउवा संघको महिला लक्षित सीप र बैंकिङ साक्षरता अभियान

पोखरा भ्यूज

पोखरा, १४ साउन । माछापुच्छे्र बैंक लिमिटेडकी एकीकृत जोखिम शाखा उपप्रमुख ऋचा पाण्डेले उद्यम गर्नको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा महिलाहरुलाई आह्वान गरेकी छन् ।

उनले लिएको कर्जाको सही सदुपयोग गर्न, विभिन्न सहुलियतको उपयोग गर्न एवं किस्ता र सावाँ भुक्तानी मितिप्रति सचेत रहन पनि आग्रह गरिन् ।
‘केही गरौँ भन्ने भावना छ भने ऋण लिन हिच्किचाउनु हुँदैन बरु लिएको ऋणको किस्ता र ब्याज तिर्न निश्चित रकम छुट्टयाउँदै जानुपर्छ,’ उनले भनिन्,सरकारले महिलालाई सहुलियतपूणर् कर्जाको ब्याजमा अनुदान पनि दिएको छ, त्यसको पनि उपयोग गर्नुपर्छ ।’
बैंकर पाण्डे पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी उपसमितिको आयोजना तथा माछापुच्छे्र बैंकको सहयोगमा आइतबार आयोजना गरेको महिलालाई सीप र बैंकिङ साक्षरता विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै थिइन् ।
माछापुच्छे्र बैंककै अनुगमन इकाइ उपप्रम्ुख प्रतिभा पाण्डेले सीप भएर पनि महिलाहरु उद्यमशीलतामा जोडिन नसकेको तथा व्यवसाय बिस्तारमा पनि पछि परेको धारणा राखिन् । उनले जुन प्रयोजनको लागि लिइएको कर्जा हो, त्यही प्रयोजनमा लगाउन आग्रह गरिन् । वित्तीय साक्षरताको अभावमा धेरै महिलाहरु सूचना प्रविधिको उपयोगबाट पर रहेको बताउँदै उनले वित्तीय साक्षरता नहुँदा ठगिने जोखिम पनि उत्तिकै रहेको औंल्याइन । आफ्ना गोप्य सूचनाहरु कसैलाई नदिन उनको आग्रह थियो । वित्तीय साक्षरता भनेको सामान्य भाषामा पैसाको बचत र परिचालन दुबै भएको उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले वित्तीय साक्षरता पुरुष र महिला दुबैलाई आवश्यक भएको बताए । वित्तीय साक्षरताबाट महिला अझ आत्मविश्वासी बन्ने उनको भनाइ थियो ।
माछापुच्छे्र बैंककी आन्तरिक सेवा- सम्बन्ध प्रबन्धक बबिता भट्टले व्यवसाय गरेपछि विभिन्न प्रकारका कर र शुल्कहरु तिर्नुपर्नेबारे सचेत रहन महिलाहरुसँग आग्रह गरिन् ।
पोखरा उद्योग वाणिज्य संघकी महिला उद्यमी उपसमिति संयोजक तथा माछापुच्छे्र बैंककी संचालक बन्दना कार्की केसीले महिला आत्मनिर्भर हुनु भनेको समाज र राष्ट्र समुन्नत बन्नु भएको बताइन् । उनले पोखरा उद्योग वाणिज्य संघले वित्तीय साक्षरता र महिला उद्यमशीलता विकासमा थप कार्यक्रम आयोजना गर्ने घोषणा पनि गरिन् ।
पोखरा उद्योग वािणज्य संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा महिला उद्यमी रामकली खड्का,सीता गुरुङ,मुना बास्तोला, उषा तिमिल्सिनालगायतले सहुलियतपूणर् कर्जा,कर्जा प्राप्तिका लागि आवश्यक पर्ने कागजातलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार ५७.५९ नेपाली वित्तीय रुपले साक्षर छन् । वित्तीय ज्ञान, व्यवहार र मनोवृत्तिलाई आधार मानेर गरिएको सर्वेक्षण अनुसार पुरुषमा भन्दा महिलामा वित्तीय साक्षरता कम भएको र अनौपचारिक क्षेत्रको भन्दा औपचारिक क्षेत्रमा काम गर्नेहरु बढी साक्षर भएको निष्कर्ष छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…