२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
कृषि

स्याङ्जाका १९ हजार हेक्टर जमिनमा सिंचाई सुविधा

प्रकाश डोटेल
स्याङ्जा, १४ साउन । स्याङ्जाको कुल खेतीयोग्य जमिन मध्ये १९ हजार हेक्टर जग्गामा सिंचाई सुविधा पुगेको छ । पछिल्लो आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार जिल्लाका खेतीयोग्य ५२ हजार हेक्टर जमिन मध्ये ३६ दशमलब ५४ प्रतिशत अर्थात १९ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको हो ।
सिंचाई सुविधा पुगेका १९ हजार हेक्टर मध्ये ७ हजार ५ सय हेक्टर जमिनमा सरकारी लगानी र अन्य जमिनमा सामुदायिक र व्यक्तिगत लगानीमा सिंचाई सुविधा पुगेको छ । १९ हजार हेक्टर मध्ये १२ हजार हेक्टरमा नियमित र ७ हजार हेक्टर खेतीयोग्य जमिनमा मौसमी सिंचाई सुविधा रहेको छ ।
खेतीयोग्य जमिनसँग सतह मिल्ने नदी तथा खोलाबाट कुलो र नहर मार्फत सिंचाई सुविधा पुर्‍याएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्याङ्जाले जनाएको छ । सिंचाई सुविधा नपुग भएका र परम्पराबादी सिंचाई सुविधा भएका ३१ हजार हेक्टर जमिनमा लिफ्टिङ् (विद्युतको सहयोग) मार्फत सिंचाई सुविधा पुर्‍याउनु पर्नेछ ।
डिभिजन कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारको अनुदानमा सिंचाई तर्फ ८ करोड ७५ लाख ३२ हजारमा ९८ योजना मध्ये ३५ वटा सम्पन्न गरेको छ भने ६३ योजना चालु वर्ष सक्ने गरी काम अगाडी बढाएको छ । संघ तर्फको ११ करोड २२ लाख ८३ हजार सशर्त अनुदानमा निर्माणाधिन ३३ योजना मध्ये २० सम्पन्न र १३ वटा योजना चालु वर्षमा सक्नेछ ।
कार्यालयले नदि नियन्त्रण तर्फ प्रदेश सरकारको ४ करोड ६६ लाख ५५ हजारमा १९ वटा योजना र संघीय सरकारको ४ करोड ८० लाख सशर्त अनुदान बजेटबाट १६ वटा योजना निर्माण गरेको छ । बजेट अभाबमा निर्माण सम्पन्न हुन नसकेका प्रदेश तर्फ १ वटा र संघ तर्फ ३ वटा योजनालाई क्रमागत रुपमा राखिएको डिभिजन कार्यालय स्याङ्जाका डिभिजन प्रमुख हरिदत्त पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/०८० मा कार्यालयले कुल बजेटको ८९ दशमलब ९८ प्रतिशत वित्तिय प्रगति गर्न सफल भएको छ । विनियोजित १ करोड २८ लाख २३ हजार चालु शिर्षकको बजेटमा ९२ दशमलब ५ प्रतिशतले हुन आउने १ करोड १८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ ।
पुँजीगत तर्फ विनियोजित २९ करोड ७४ लाख ८३ हजार मध्ये ८९ दशमलब ८७ प्रतिशत अर्थात २६ करोड ७३ लाख ५९ हजार रुपैयाँ खर्च गर्न सफल भएको कार्यालयले जनाएको छ । गएको आर्थिक वर्षमा कार्यालयले समग्र रुपमा ९५ दशमलब ०४ प्रतिशत भौतिक प्रगति गर्न सफल भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
गएको आर्थिक वर्षमा कार्यालयले जिल्लाका प्रमुख रुपमा आँधीखोला, ज्याग्दीखोला, बाडखोला, भाटखोला, सेतिखोला र दरौखोलामा करिब २ दशमलब ८ सय किलोमिटर तटबन्ध गरेको छ । प्रदेश तर्फको बजेटबाट गरेको तटबन्धबाट २४ हेक्टर र संघ तर्फको बजेटबाट निर्माण गरिएको तटबन्धबाट १३ हेक्टर गरी ३७ हेक्टर खेतीयोग्य जमिन संरक्षण गर्न सफल भएको छ ।

Read more

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…

रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन अन्नपूर्ण गाउँपालिकाद्वारा विद्यालयलाई भाँडाकुँडा हस्तान्तरण

अन्नपूर्ण, कास्की। विद्यालयस्तरबाटै रैथाने बालीको संरक्षण, पोषणयुक्त दिवा खाजा प्रवर्द्धन तथा कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ।…

अन्नपूर्णमा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु : गाउँपालिकाको लक्ष्य–घरघरमा तरकारी, कृषकको आम्दानीमा वृद्धि

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरमा करेसाबारी निर्माण गरी तरकारी उत्पादन बढाउने उद्देश्यसहित ‘एक घर–एक करेसाबारी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ। मंगलबार गाउँपालिकाको वडा नं.…

पोखरामा २१औँ रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट दुई कृषक सम्मानित

पोखरा, असार १४। ‘ पोखरा सबै मौसमका लागि ’ भन्ने मूल नारासहित पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय…

पोखरामा ‘तरबुजा मेला २०८३’ सम्पन्न

स्थानीय उत्पादन प्रवर्द्धनसँगै कृषि र पर्यटन जोड्ने प्रयास पोखरा । स्थानीय उत्पादनको प्रवर्द्धन तथा तरबुजा खेतीको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र वडा नं.…

कृषकलाई कृषि सामग्री तथा उपकरण वितरण

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार कृषकलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकीकरण सहयोग वितरण गरिएको…