
पोखरा भ्यूज
२८, साउन,बर्दिया । अविरल वर्षाका कारण बर्दियाको गुलरिया नगरपालिकामा चार सयभन्दा बढी घरहरु डुबानमा परेका छन् । आइतबार बिहानदेखिको भारी वर्षापछिको बाढीले गुलरिया ५, ८ र ११ वडाका घरहरु डुबाएको समाचार छ । गुलरिया ५ स्थित प्रयागपुरमा निर्माणाधीन तटबन्ध अपराहृन बगाएपछि आसपासका दर्जनौं घर डुबानमा परेको प्रहरीले जनाएको छ । बाढीले त्यहाँको थारु संग्रहालय पनि डुबानमा परेको छ ।
यसैगरी गुलरिया ८ मा बाढी पस्दा डम्पिङ साइड क्षेत्रका घरहरु डुबानमा परेको छ । गुलरिया ११ को इन्द्रपुरको दुई दर्जनभन्दा बढी घरमा पानी पसेपछि उनीहरु विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुधीर शाहीले गुलरिया(११ को टडुवा, सूर्यगौढी आसपासका बस्ती डुबानमा परेको बताए । जिल्लामा साँझसम्म ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जनाए ।











