13Shares

पोखरा भ्यूज
२९ साउन, काठमाडौं । सुन प्रकरणका सम्बन्धमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै एमाले संसद अवरुद्ध गरिरहेका बेला सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । उनीहरुले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष समेत निकालेको समाचार स्रोतले बताएको छ ।

सत्ता गठनबन्धनमा रहेका दलहरुको यस्तो निष्कर्षले विपक्षी दल नेकपा एमाले थप रुष्ट हुने संकेत देखिएको छ । र, संसदमा भएको अवरुद्ध थप लम्बिने निश्चित भएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामंगलबाट बरामद गरेको थियो ।

स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको प्रकरणमा नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि प्रश्न उठाएर उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected