53Shares

पोखरा भ्यूज

पोखरा, १४ असोज । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले असोज १० गते काठमांडौंबाट हिडेको ४० जनाको राइडर ग्रुपलाई आइतवार साँझ पोखरामा स्वागत एवं सम्मान गरिएको पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले गोल्डेन ट्रयाङगल बाइक टुरका ‘राइडर ग्रुप’ सहभागीहरुलाई स्वागत गरेको हो

टेवानको समन्वय, एनटिपी मल्टिमिडिया एक्सपल्स राइडर नेपाल क्लबद्धारा आयोजित गोल्डेन ट्रयाङगल बाइक टुरका सहभागीहरुलाई पोखरा, लेकसाईडस्थित होटल स्नोलैन्ड परिसरमा स्वागत एवं सम्मान गरेको टेवानका अध्यक्ष कमला गिरीले बताईन्

उनिहरूलाई पर्यटन व्यवसायी गणेश भट्टराई, टेवानका अध्यक्ष कमला गिरी, संस्थापक अध्यक्ष लक्की क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगाएतले खादा मालाले स्वागत सम्मान गरेका थिए

विश्व पर्यटन दिवसको अवसरमा नेपाल टुरिजम बोर्ड काठमाण्डौ परिसरबाट शुरु भएको गोल्डेन ट्रयाङगल बाइक टुरका सहभागीहरू चार प्रदेशका १६ जिल्ला समेटने गरी एक हजार कि मी को यात्रा तय गरी आइतवार पोखरा आएको टेवानका सचिव शोभा अधिकारी पौडेलले बताईन्

उनिहरू मधेश प्रदेशको पर्सा, बाग्मतीको नारायणघाट, लुम्बिनीको बुटवल पाल्पा हुदै पाँचौं दिनमा गण्डकीको पोखरा आएका हुन्

टेवानका अध्यक्ष कमला गिरीको अध्यक्षतामा सम्पन्न स्वागत एवं सम्मान कार्यक्रममा पर्यटन व्यवसायी गणेश भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, टुर संयोजक बिष्णु बिबेक टेवानका महासचिव अनिता खड़का भट्टराईले यस प्रकारको भ्रमणले आन्तरिक पर्यटन प्रबर्द्धनमा सघाउ पुग्ने भनाई राखेका थिए।

53Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected