42Shares

पोखरा भ्यूज

लेखनाथ, कास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा नि: शुल्क आँखा शिविर सम्पन्न भएको

सोमवार पोखरा२९, भण्डारढिकस्थित जनप्रकाश माबिमा सम्पन्न शिविरमा ५०० जनाको निःशुल्क आँखा जाँच गर्दा १३ जनामा थप उपचार गर्नुपर्ने भएकोले हिमालय आँखा अस्पतालमा रिफ़र गरिएको कार्यक्रम संयोजक एवं क्लबका तृत्तिय उपाध्यक्ष सुजन अधिकारीले बताए

क्लबका अध्यक्ष सुरेन श्रेष्ठको अध्यक्षतामा सम्पन्न सिविरमा भिजन एण्ड आई क्याम्प एडिशनल डिष्ट्रिक्ट चिफ भरत सिग्देल, सिनियर एडभाईजर एवं रिजन एडभाईजर नागेन्द्रराज बराल, रिजन चेयरपर्सन कल्पना गुरूङ लगाएत क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो

42Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected