0Shares

पोखरा भ्यूज
१६ असोज, बझाङ। बझाङमा मंगलबार दिउँसो दुईपटक गएका भूकम्पले केही घर भत्किएको र राजमार्ग समेत अवरुद्ध भएको खबर छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पका कारण बझाङमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको बताए । यद्यपि त्यसबारे यकीन विवरण प्राप्त नभएको घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकार दिए ।

भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पसँगै आएको सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक माथिबाट पहिरो जादा जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको हो ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले परकम्प आउने क्रम जारी रहेका कारण सडक खुलाउन नसकिएको बताएका छन् । घटनाको थप विवरण आइनसेको र थप सूचना संकलन गर्ने काम जारी रहेको स्थानीय प्रशासनले बताएको छ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected