14Shares

पोखरा भ्यूज

पोखरा, १९ असोज । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् पोखरा सभागृह हलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी मायानाथ अधिकारीलाई १६६ मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् विजयी शर्माले ५३१ मत प्राप्त गरे भने अधिकारीले ३६५ मत प्राप्त गरेको  निर्वाचन समितिले  जनाएको  छ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उमेद्वार बिजयी भएका छन् ।

उपाध्यक्षमा मिनप्रसाद गुरुङ विजयी भएका छन् । उनले बाबुराम विकलाई १७२ मतअन्तरले हराए । मिनप्रसादले ५ सय ३४ मत प्राप्त गर्दा बाबुरामले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा शर्मा प्यानलका धनञ्जय दवाडी विजयी भए ।

उनले ५ सय २० मत प्राप्त गर्दा सचिबका अर्का उमेद्वार रश्मि आचार्यले ३ सय ७६ मत प्राप्त गरे । उपसचिवमा दामबहादुर विकले ४ सय ९९ मत प्राप्त गर्दा सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे ।

त्यसै गरी उपसचिव महिलामा मञ्जु अधिकारीले ५ सय ३१ मत प्राप्त गर्दा मिना गुरुङले ३ सय ६५ मतप्राप्त गरिन् ।
१ सय ६२ पद मध्ये केही पदमा निर्बिरोध निर्वाचित भएपनि अधिकांश पदको लागि निर्वाचन भएको हो ।

विद्युतिय भोटिङ मार्फत मतदान भएको थियो । ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा मतदानमा ८ सय ९६ जनाले मतदान गरेका थिए ।

14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected