0Shares

पोखरा भ्यूज
११ कात्तिक, काठमाडौं । मानसिक रुपमा खेल्न तयार नभएको भन्दै यसअघिका खेल नखेलेका क्रिकेटर सन्दीप लामिछाने पुनः राष्ट्रिय टिममा फर्किएका छन् । टी–२० विश्वकप छनोटका लागि घोषित नेपाली टोलीमा लामिछानेको नाम समेत समावेश छ ।

स्पिनर सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टी–२० आई त्रिकोणात्मक शृङ्खलाको टिममा रहेका ४ खेलाडीलाई बाहिर राख्दै विश्वकपका लागि नयाँ टिम घोषणच गरिएको हो ।

विश्वकप छनोट अन्तर्गत नेपालले एसिया क्षेत्रको खेल खेल्न लागेको हो । काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुने प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु हुँदैछ ।
नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्ने तालिका छ । नेपाल सम्मिलित टिममा सिंगापुर, मलेसिया र ओमान छन् । ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम मात्र अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected