2Shares

एजेन्सी
१३ कात्तिक, नयाँदिल्ली । आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई वटा यात्रुवाहक रेल एकआपसमा ठोक्किदाँ ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब ४० यात्रु घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै अधिकारीले सो जानकारी दिएका हुन् । दुर्घटनामा परी ज्यान गुमाएकालाई क्षतिपूर्ति घोषणा दिने घोषणा गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।सो दुर्घटना पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ।

 

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected