10Shares

पोखरा भ्यूज

पोखरा । लायन्स अन्तर्राष्ट्रियले भूकम्प प्रभावित क्षेत्रका लागि ५० हजार अमेरिकी डलर रूपैयाँ उपलब्ध गराउने भएको छ ।
गएराति जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्प प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले बताए ।
मानवीय सेवामा समर्पित लायन्स अन्तर्राष्ट्रियबाट युएस डलर ५० हजार स्वीकृत भएको छ र नेपालमा क्रियाशिल १५ वटा डिष्टिक्ट र सो अन्तर्गतका सबै लायन्स क्लवहरू समेत सहयोग जुट्दै गरेको डिष्ट्रिक्ट ३२५ एम नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा घाइते हुनेहरुको सङ्ख्या ३७५ पुगेको छ। । भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected