0Shares

पोखरा भ्यूज
१९ कात्तिक, डोटी । गएराति २ः३० बजेको समयमा डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएको प्रहरीले बताएको छ ।

धनगडीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जीप शिखर नगरपालिका वडा नं. ६ स्थित केआइसिंह राजमार्गमा दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी ८ महिना की छोरी प्रार्थनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ । जीप चालक गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढा प्रहरीको नियन्त्रणमा छन् । जीप अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल खसेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected