98Shares

पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङ, प्रोफेसनल्स र फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीको संयुक्त आयोजनामा पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ स्थित फलामखानी आधारभूत विद्यालयका ६५ विधार्थीलाई न्यानो कपडा, स्टेसनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको छ ।

विद्यार्थीलाई विद्यालयमै पुगेर शनिबार उक्त सामग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक गोविन्द शर्माले बताए । कार्यक्रममा प्रमुख अतिथि महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले लायन्स क्लबले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष गोविन्द विक, विद्यालयका प्रअ सरस्वती केसी, वडा ६ का वडा सदस्य तीलक अधिकारी, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल डिष्ट्रिक्ट चिफ रहमोहन सुवेदी र रिजन चियर पर्सन शुशील पौडेल लगायतका समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अविभाबक, शिक्षक शिक्षिकाको सहभागितामा कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ पोखरा प्रोफेशनल्सका अध्यक्ष शोभकान्त पौडेलले बताए।
न्यानो कपडा वितरण सँगसगै पर्वत जिल्लाको रमणिय महाशिला गा पा ५ मा अवस्थित एशियाकै ठूलो ऐतिहासिक महाशिला अवलोकन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको र लायन्सले सहयोगका कार्यक्रम सगँसगै देशभित्रका अत्यन्तै सम्भावना भएका यस्ता पर्यटकिय गन्तव्यलाई प्रवर्द्धन गर्ने लायन्स क्लब अफ पोखरा फर्निसिङका अध्यक्ष मदन के.सी ले बताए ।

राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक लायन गोविन्द शर्मा र सञ्चालन होमबहादुर अधिकारीले गरेका थिए। जहा आवश्यकता त्यहाँ लायन्स भन्ने भावनाबाट प्रेरित भएर कार्यक्रम गरिएको संयोजक शर्माले बताए।

98Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected