17Shares

एजेन्सी
१९ मंसिर, नाइजेरिया । नाइजेरियाली सेनाले विद्रोहीहरूलाई लक्षित गर्दै प्रहार गरेको ड्रोनको निशाना गलत पर्दा धार्मिक उत्सवमा भाग लिइरहेका कम्तीमा ८५ आमनागरिकको मृत्यु भएको छ ।

कादुना राज्यको इगाबी काउन्सिल क्षेत्रको टुदुन बिरी गाउँमा गत आइतबार राति मोहम्मदको जन्मदिन मनाउन भेला भएका सर्वसाधारण ड्रोन आक्रमणमा परेका थिए ।

कादुनाका गभर्नर उबा सानीले ुआतंकवादी र डाकुहरूलाई निशाना बनाएरु प्रहार गरिएको ड्रोन गलत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म ८५ शव फेला परेको र अन्यको खोजी जारी रहेको बताएको छ ।एम्नेस्टी इन्टरनेशनलको नाइजेरियाको कार्यालयले भने यस आक्रमणमा १२० जनाको मृत्यु भएको बताएको छ ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मंगलबार उत्तरी कादुनामा महिला र बालबालिकासहित कम्तीमा ८५ जनाको ज्यान जाने गरी भएको सैनिक ड्रोन आक्रमणको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected