0Shares

एजेन्सी

३ पुस, काठमाडौं । उत्तरी चीनमा ६.२ म्याग्निच्यूडको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ । घटनमा दुई सय भन्दा बढी घाइते छन् ।

नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको बताइए पनि क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन ।

कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएकार छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाको समाचारमा जनाइएको छ ।

भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति समेत बन्द भएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् ।बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।

यसअघि गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected