पोखरा भ्यूज
३ पुस, काठडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश खारेजी रहिन्दुराष्ट्र पुनर्स्थापनार्थआन्दोलन गर्ने घोषणा गरेको छ।
राप्राप केन्द्रीय समितिको पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा सम्पन्न बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।

प्रदेश तहको खारेजी र पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापनार्थ जनदबाव सिर्जना गर्न वृहत् आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।


उनले आन्दोलनको स्वरुपबारे पुस, माघमा देशैभर सभा र तयारी गरी सार्वजनिक गर्ने योजना सुनाए ।

फागुनमा मेचीमहाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने पार्टीले निर्णय गरेको छ ।
‘राप्रपाले भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्दै कार्यक्रमलाई चैतसम्म निरन्तरता दिने निर्णय गरेको छ। पार्टी निर्णयपछि जारी विज्ञप्ति यस्तो छः-




