17Shares
पोखरा । २३औं आहा!रारा पोखरा गोल्डकपमा जाउलाखेल यूथ क्लब विजयी भएको छ । पोखरामा जारी आहा!रारा पोखरा गोल्डकपको तेस्रो दिनको खेलमा मछिन्द्र क्लबलाई १–० ले पराजित गर्दै जाउलाखेल विजयी भएको हो ।
जावलाखेलका हिसुब थपलियाले खेलको ३८ औं मिनेटमा गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । जाउलाखेलले सेमिफाइनलमा मनाङ्ग मर्स्याङ्गदीको सामना गर्नेछ । सो खेल माघ १४ गते हुनेछ ।

प्रतियोगितामा चौथो खेल भोलि विभागीय टिम एपीएफ र चर्च ब्वाइजबीच हुनेछ । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारासहित १२ टोली सहभागी छन् ।



प्रतियोगिता विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । तस्विर : एनपिजेए


17Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।