0Shares

पोखरा भ्यूज
११ माघ, काठमाडौं । लागूऔषध कारोबारी मुद्दामा अदालतबाट दोषी ठहर भएका माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य मार्शल भनिने जितमान पुन पक्राउ परेका छन् । तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर पुन डिल्लीबजार कारागारमा छन् ।
रुकुम पूर्वको भुमे गाउँपालिका १ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

सोही मुद्दामा उनको लगत भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरी कारागार पठाएको हो । यद्यपि उनी पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको उम्मेदवार बनेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected