186Shares

पोखरा भ्यूज

पोखरा । श्री लक्ष्मी प्राथमिक विद्यालयले सामाजिक व्यक्तित्व शान्ता देवी थापा भण्डारीलाई अभिनंदन गरेको । लमजुंग जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. लक्ष्मीबजारस्थित उक्त बिधालयको ३४ औं वार्षिकोत्सव समारोहमा थापालाई अभिनन्दन गरिएको हो ।                      

बिधालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद गुरुङ, मध्यनेपाल नगरपालिकाका शिक्षा तथा खेलकुदशाखा प्रमुख यज्ञप्रसाद लामिछाने   बिधालयका प्रधानाध्यापक सरिता पोखेलद्वारा उनिलाई अभिनन्दन गरिएको छ । अभिनन्दन-पत्रमा लेखिएको छ :

समादरणीय शान्ता देवी थापा भण्डारी, पोखरा महानगरपालिका१०, कास्की, यस विद्यालयको शैक्षिकउन्नयनको निमित्त लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका एफडबल्यूसी डिष्ट्रिक्ट कोअर्डिनेटरएवम् वरिष्ट समाजसेवी तपाईले पुयाउनु भएको उत्कृष्ट शैक्षिक योगदानको लागि विद्यालय चिरऋणी रहने यस कार्यले शुभेच्छुकहरुलाई पनि नव प्रेरणा मिलेको अनुभूति गरिएको छ। अविस्मरणीय यस सहयोगकार्यको उच्च मूल्याङ्कन गर्दै विद्यालयको ३४ औं वार्षिकोत्सवको अवसरमा सम्मान अभिनन्दन गर्दछौ यसरी नै शैक्षिक क्षेत्रमा सहयोग सुझावको अपेक्षा राख्दै यहाँको सुस्वास्थ्य दीर्घायु एवम् उज्ज्वल भविष्यकोकामना गर्दछौ

थापाद्वारा उक्त बिधालयलाई गएको दुई तीन बर्षमा  लाख भन्दा बढी सहयोग प्रदान भएको बिधालय प्रशासनले जानकारी गराएको । भण्डारीले तीन थान ल्यापटप, फोटोकपी मेसिन, १००/१०० थान झोला, स्विटर, स्टेशनरी सामग्री सहित गएको बर्ष बिधार्थीका लागि दिउँसोको खाजाको लागि मासिक १० हजार रूपैया उपलब्ध गराएकी थिईन्

186Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected