पोखरा भ्यूज
काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गर्दै ६५ जनाको नाउँमा नामसारी दाखिल खारेज भएको जग्गा जफत हुने फैसला सुनाएको छ ।
विशेष अदालतका न्यायाधीहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी समेत छन् ।
उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ । त्यस्तै ९ करोड रुपैयाँ जरिवाना १२ जनाले दामासाहीले तिर्ने फैसला भएको छ ।
त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।
उक्त प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीहरु विजयकुमार गच्छेदार, वलदेव जोशी र डम्बर श्रेष्ठले सफाई पाएका छन् । यद्यपि पूर्वसचिवद्वय दीप बस्नेत र छविराज पन्त भने दोषी ठहर भएका छन् ।